समाचार

सुनसरीको बराहक्षेत्रमा जंगली हात्तीको छावा मृत फेला ।थारू पाेर्टल

सुनसरी, जेठ ,१४  सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस आरडी पूर्व गहने खोलाको दहमा जंगली हात्तीको एक छावा मृत अवस्थामा फेला परेको छ। स्थानीयवासीका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जंगलतर्फ बथानसहित गइरहेका हात्तीहरू मध्ये उक्त छावा पानी जमेको दलदली क्षेत्रमा फसेको थियो। दलदलबाट बाहिर निस्कन नसक्दा छावाको मृत्यु भएको अनुमान गरिएको छ। […]

बसपार्ककाे शौचालय अधुरै कहाँ गयो बजेट ?थारू  पाेर्टल

जेष्ठ १४ बिहीबार रबिन्द्र बराल मोरङको रङ्गेली ७ काे मुख्य बसपार्कमा यात्रुहरूलाई सहज सेवा दिने उद्देश्यले निर्माण सुरु गरिएको सार्वजनिक शौचालय वर्षौँ बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ। आर्थिक वर्ष २०७५/०७६ तिर करिब ३० लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत निर्माण सुरु गरिएको उक्त शौचालय हालसम्म पूर्ण हुन नसक्दा स्थानीय तथा यात्रुहरू मारमा परेका छन्। […]

वृक्षारोपणमा गाेडमेल नहुँदा बिरुवा झारले ढाकियाे ।थारू पाेर्टल

जेष्ठ ,९ शनिबार रबिन्द्र बराल रङ्गेली नगरपालिकाद्वारा वृक्षारोपण गरिएका सडक किनारका बिरुवाहरू घाँसले ढाकिएकाे रहेता पनि संरक्षण भने हुन सकेको छैन । नगरले सौन्दर्यताका लागि केही वर्ष अगाडि पालिकाले आफ्नो सिमाभित्र पर्ने चोप्राह बाेर्डरदेखि बक्राह पुल सम्म र पूर्वमा मधुबनी चोकदेखि पश्चिममा बेताैना सम्मको सडककाे दायाँबायाँ हरियाली बनाउने उद्देश्यले केही बर्ष अगाडी वृक्षारोपण कार्यक्रम सञ्चालन […]

ट्रेलब्रिज निर्माण सम्पन्न भएपछि स्थानीय खुसीले हर्षित ।थारू पाेर्टल

जेष्ठ ८ शुक्रबार रबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँ जोडिने रतुवा खोलामा झुलुङ्गे पुल (ट्रेलब्रिज) निर्माण कार्य सम्पन्न भएपछि स्थानीय हरू उत्साहित भएका छन् ।स्थानीयवासीका अनुसार वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोलाबाट आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएपछि उनीहरूलाई ठूलो राहत भएको छ। नेपाल सरकार तथा सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागद्वारा उक्त स्थानमा […]

रङ्गेली बचत द्वारा स्वास्थ्य शिविर सम्पन्न।थारू पाेर्टल

जेष्ठ ५। रबिन्द्र बराल  मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा सयौं सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। रंगेली बचतकाे  आयोजना तथा उज्यालो युथ नेटवर्क र उज्यालो गुप्तरोग […]

शिक्षमा राम्रो गुणस्तर रहेको दावी गर्ने नगरपालिकाकाे अवस्था । थारू पाेर्टल

बैशाख ३०,बुधबार  रबिन्द्र बराल  मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ५ मा रहेको गुलेश्वर प्राथमिक विद्यालय र वडा नम्बर ४ मा रहेको श्री आधारभूत विद्यालय बटरबारीमा बुधबार दिउँसो ३ बजे गरिएको अनुगमनमा उक्त विद्यालय ३ देखि ३:३०  बजे सम्म बन्द भएको भेटिएको छ। शिक्षा मन्त्रालयले विद्यालयहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म पठनपाठन गर्न गराउनका लागि निर्देशन […]

कानेपोखरीको एसईई नतिजामा ६६ %विद्यार्थी उत्तीर्ण।उत्कृष्ट विद्यार्थीका रूपमा पर्ल एकेडेमी।थारूपाेर्टल

वैशाख, ३०,कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा शैक्षिक सत्र २०८२सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सहभागी ५सय६९ विद्यार्थीमध्ये ३सय७९ जना उत्तीर्ण हुँदा १सय९० जना असफल भएका हुन् । गाउँपालिका क्षेत्रका १४ विद्यालयमध्ये दुई निजी विद्यालयले सतप्रतिशत नतिजा हासिल गरेका छन् । पिनाकल ज्ञान […]

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव ।थारू पाेर्टल

२९।बैशाख।कानेपाेखरी। नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा शनिबार कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रसँग आबद्ध बीमक तथा सर्वेयरहरूबीच क्रिक्सल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता विराट स्पोट्र्स जोनमा सम्पन्न भएको हो । प्रतियोगितामा जीवन बीमा कम्पनीतर्फ दुई टोली, निर्जीवन बीमा कम्पनीतर्फ दुई टोली, माइक्रो लाइफ बीमाबाट एक टोली, माइक्रो नन–लाइफबाट एक टोली, बीमा कम्पनीका प्रदेश प्रमुख […]

अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रारम्भिक साधारणसभा सम्पन्न।थारू पाेर्टल

बैशाख।२९।कानेपोखरी।  मोरङको कानेपोखरी गाउँपालिका–२ केरौनस्थित सहकारीको तोरी मिल भवनमा आइतबार आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो । अजम्बरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण भई स्थापना भएको सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सविता राईको संयोजकत्वमा रहेको ११ सदस्यीय तदर्थ समितिले सम्पन्न […]

सशस्त्र प्रहरीद्वारा अवैध पैसा बरामद ।थारू पाेर्टल

बैशाख ।२८ ,साेमबार मोरङ्गकाे रतुवामाई नगरपालीका २ स्थित घरुचोक  सीमा नजिकैमा रहेको सिमा स्तम्भ १५७ नजकिबाट गएराती नेपाल सीमा सुरक्षा गुल्म बरडंगाव र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरिया बाट खटएिको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सवारी साधन तथा व्यक्तहिरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईल चेकजाँच गर्दा अन्दाजी बर्ष २५ को जस्तो देखनि […]