पुस ८ साेमबार नेपाल औषधि व्यवसायी संघले व्यवसायहरु लाई संङ्गढित गर्ने उदेश्यले रंगेलीमा अन्तक्रिया कार्यक्रम गरेको छ । रंगेली अस्पतालकाे सभाहलमा भएको कार्यक्रममा रतुवामाई नगरपालिका , सुनबर्षि नगरपालिका , रंगेली नगरपालिका र धनपालथान गाउँ पालिका , कानेपोखरी गाउँ पालीका जहदा गाउँ पालीका र कटहटी गाऊपालिकाका औषधि व्यवसायीक संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। […]
विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका […]
९ पौष, विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बलात्कार गरिएको छ । जहदाकी २२ वर्षीया युवती हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनकी बहिनीले बताईन । उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि अलिअलि इशारा गरेकी थिइन् । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि […]
मोरङ्गको पथरी शनिश्चरे वडा नं -१ मा रहेको सुनाखरी माध्यमिक विद्यालयद्वारा जाडोको न्यानो कपडा वितरण गरेको छ। शुक्रबार दिउँसो विद्यालयको प्राङ्गणमा कक्षा -१ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो। पथरिशनिश्चरे वडा नं -१ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा १सय६० जना नानीबाबुहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण […]
पथरिशनिश्चरे समाचारदाचा, प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल […]
कानेपाेखरी रङ्गगेली सडक खण्ड अन्तरगत कानेपाेखरी वडा न २ दलेलि बजारमा हिजाे मङ्सीर ३ गते पिहान९ वजे भान्जाकाे नामले चिनिने रमेश दाहाललाई वा प्र ३ ००क ०२७४न काे टिपरले ठक्कर दिएकाे थियाे । उपचारकाे लागी झापाकाे वि एन् सी अस्पताल लगिएकाे थियाे तर दुर्भागय वस उपचारकाे क्रममा आज विहान ८वजे अस्पतालले मृत घाेषणा गरेकाे परिवारले […]
पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा […]
माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना भएको थियोे । नागरिककाे शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सबल बनाउन उक्त कार्यक्रम सन्चालन गर्दे आईरहेकाे छ । हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य […]
मंसिर १९ बिहिबार रबिन्द्र बराल ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न भएको छ । रङ्गेली ७ स्थित जनता क्याम्पसको प्राङ्गणमा महिला हिंसा विरुद्ध अभियान कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सामुदायिक विद्यालय अन्तर्गत आदर्श माध्यमिक विद्यालय ,रत्न माध्यमिक बिधालय , पब्लिक उच्च मावि विद्यालय , […]