समाचार

ट्रेलबिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित । थारू पाेर्टल

चैत्र १ आईतवार रबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ स्थित मिर्चाडाँगी गाउँ जाेडिने रतुवा खाेलामा झुुलुङ्गेपुलकाे निर्माणकार्य अन्तिम चरणमा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् । नेपाल सरकार तथा सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग द्वारा उक्त स्थानमा मिर्चडाँगी महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज ७ सय ४७ मिटर लम्बाईकाे ब्रिजकाे निर्माणकार्यकाे लागी थानी निर्माण […]

कानेपोखरीमा मानवता देखाउँदै प्रकाश धिमाल, विपन्न साने बराईलीलाई राहत सहयोग ।थारू पाेर्टल

फागुन।२९। कानेपोखरी। कानेपोखरी–५ मकरटोल निवासी साने बराईलीको दयनीय अवस्था देखेपछि चेतना मेडिसिन सेन्टरका संचालक प्रकाश धिमालले राहत सामग्री वितरण गरेका छन्। आर्थिक अभावका कारण कष्टकर जीवन बिताइरहेका बराईलीलाई धिमालले खाद्यान्न तथा आवश्यक सामग्रीका साथै सुत्ने खाट समेत सहयोग गरेका हुन्। समाजमा रहेका विपन्न तथा असहाय व्यक्तिहरूलाई सकेसम्म सहयोग गर्ने उद्देश्यले आफूले यस्तो कार्य गर्दै आएको […]

कानेपोखरी अस्पतालमा पहिलोपटक फोक्सोको पानी निकाल्न सफल ।थारू पाेर्टल

फागुन।२८,कानेपोखरी विद्यानन्द चाैधरी मोरङको कानेपोखरी अस्पताल मा पहिलोपटक फोक्सोमा जमेको पानी निकाल्ने उपचार सफलतापूर्वक गरिएको छ। अस्पतालका चिकित्सक डा. अभिजित खड्काको नेतृत्वमा ममता लिम्बुको फोक्सोमा जमेको पानी निकाल्ने प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। उपचारका क्रममा बिरामीको फोक्सोमा करिब २ देखि ३ लिटर पानी रहेको अनुमान गरिएको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार समयमै उपचार गरिएकाले बिरामीको […]

सिरहामा ‘मधेश ल फर्म’मा बम विस्फोट, एकजना घाइते ।थारू पाेर्टल

सिरहा, २७ फागुन — सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन्।बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आउनुभएको उक्त फर्ममा विस्फोट भएको प्रहरीले जनाएको […]

दुर्गा प्रसाद रेग्मीको निधन, भोलि दोहमना बजारमा अन्तिम श्रद्धाञ्जली ।थारू पाेर्टल

फागुन।२४। कानेपाेखरी।     सामाजिक व्यक्तित्व दुर्गा प्रसाद रेग्मीको निधन भएको छ। उहाँको आकस्मिक निधनले राजनीतिक तथा सामाजिक क्षेत्रलाई स्तब्ध बनाएको सहकर्मीहरूले बताएका छन्। निर्वाचन क्षेत्रीय समिति मोरङ क्षेत्र नं. २ का सचिव टिकाराम ढकालले विज्ञप्ति जारी गर्दै हिजोसम्म देश, समाज र राजनीतिका विषयमा सँगै बसेर छलफल गर्ने प्रिय साथी अचानक बीचबाट बिदा भएको खबरले आफूहरूलाई गहिरो […]

मोरङको कानेपोखरीमा माझी समुदायको ‘लदी पूजा तथा घाट पूजा’ सम्पन्न ।थारू पाेर्टल

२० फागुन,कानेपाेखरी । माझी समुदायको महान सांस्कृतिक पर्व ‘लदी पूजा तथा घाट पूजा’ मोरङको कानेपोखरी–५ भौसाबारीस्थित कालीकोशी खोलामा सम्पन्न भएको छ। समुदायबीच एकता र सांस्कृतिक पहिचान सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त पूजा दोस्रो पटक कानेपोखरीमै भव्य रूपमा गरिएको हो।मंगलबार कानेपोखरी गाउँपालिका क्षेत्रका माझी समुदायका सदस्यहरू भेला भई सामूहिक रूपमा पूजा सम्पन्न गरेका हुन्। […]

मोरङको बेलबारीमा क्यामोमाईल खेती संकटमा ।थारू पाेर्टल

बेलबारी नगरपालिका–४ जडिबुटी क्षेत्रमा फुलेको क्यामोमाईल फूल हेर्न र फोटो–भिडियो खिच्न आउनेको भीड बढेसँगै खेती नै नष्ट हुन थालेको छ। सामाजिक सञ्जालमा तस्बिर र भिडियो भाइरल भएपछि दैनिक सयौं मानिस उक्त क्षेत्रमा पुग्न थालेका छन्। किसानका अनुसार फूल फुलेको समयमै मानिसहरू खेतभित्रै पस्ने, बोट कुल्चिने र फूल टिप्ने क्रम बढ्दा उत्पादनमा क्षति पुगेको छ। केहीले […]

राति २:३० बजे आगलागी हुदा कानेपाेखरी दमकल सेवामा । थारू पाेर्टल 

पथरी शनिश्चरे — पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा  राति करिब २:३० बजे आगलागीको घटना भएको छ। आगलागीबाट स्थानीय ज्ञाननाथ अधिकारीको घर र गुवाली तथा चन्द्र अधिकारीको घर र गुवालीमा सामान्य क्षति पुगेको स्थानीयवासीले बताएका छन्। आगो लाग्ने कारण भने खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल […]

मोरङ–२ मा दिलीप बडियाको प्रतिबद्धता : पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता ।थारू पाेर्टल

कानेपाेखरी। प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिलीप बडिया ले विकास, सुशासन र जनसेवालाई मुख्य एजेन्डा बनाउँदै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बडियाले क्षेत्रको समग्र विकासका लागि निरन्तर सक्रिय रहने बताएका हुन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा रोजगारी सृजनालाई प्राथमिकतामा […]

देशभित्रकै सम्भावना अनुसार उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने बालेन।थारू पाेर्टल

फागुन।१२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्रकै सम्भावनाअनुसार उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। मंगलबार इटहरी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वी पहाडमा उत्पादन भएको तरकारी तराईसम्म नपुग्नु दुःखद भएको उल्लेख गरे। उनले तेह्रथुम र पाँचथर मा उत्पादित तरकारी स्थानीय बजारमै खपत हुनुपर्ने बताए। पूर्वी तराईका जिल्लामा पूर्ण क्षमतामा […]