'रंगेली खानेपानीमा १५ बर्षदेखि पुरानै समिति किन ?थारू पाेर्टल'

July 12, 2026

विज्ञापन
No data was found

असार २८ 
रबिन्द्र बराल


माेरङकाे रंगेली नगरपालिका स्थानीय तहमा आएको ९ बर्ष बितिसक्दा समेत रंगेली खानेपानी संस्थानमा नयाँ नेतृत्व चयन गर्ने सकेको छैेन । २०४९ सालमा स्थापना भएतापनि साेही समयमा तिर्थराज ढकाल अध्यक्ष सहित २० सदस्य समिति सर्वसम्मत बाट खानेपानी सदस्य भएका थिए । उक्त समितिले १९ बर्ष खानेपानी संस्थानमा रहेर काम गरेका थिए । त्यसपछि २०६८ साल चैत्र ५ गते चुनावी प्रक्रिया बाट अध्यक्ष पदमा स्थानीय प्रदिप कुमार साह निर्वाचित भए संगैे ११ सदस्यीयले चुनावी प्रक्रिया निर्वाचित भएका थिए ।

अहिले पनि साेहि समिति द्वारा काम गरिरहेता पनि उनिहरुले समेत खानेपानी संस्थाकाे बिधानकाे खिल्लि उडाउँदै बिगत १५ बर्षदेखी साेहि व्यवस्थापकहरुले खानेपानी सन्चालन गरिरहेका छन । समितिको विधान तथा प्रचलित खानेपानीको व्यवस्थाअनुसार प्रत्येक पाँच पाँच वर्षमा निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुनुपर्ने व्यवस्था रहेको भएता पनि अहिलेसम्म कुनै पनि चासाे लिएको देखिदैन, किन ? उक्त खानेपानी संस्थामा निर्वाचन प्रणाली बाट १५ बर्ष अगाडि अधिकान्स नेपाली काङ्ग्रेस निकटका व्यक्तिहरु निर्वाचित समेत भएका थिए ।

साे समयदेखि हाल सम्म समितिको अध्यक्षमा प्रदीप कुमार साह, उपाध्यक्षमा अच्छेलाल ठाकुर, सचिवमा मिथलेश अधिकारी, कोषाध्यक्षमा जमुना प्रसाद साह सदस्य मो. नईम आलम, रूपेश कुमार मण्डल, मन्जु थापा कठेत, सुष्मा मण्डल, देव नारायण साह, सुर्य नारायण यादव र रूपक कुमार मण्डल रहेका छन ।सार्वजनिक संस्थामा लामो समयसम्म एउटै समिति रहनु सुशासन र पारदर्शिताको दृष्टिले उचित नहुने देखिएको छ ।

 

प्रत्येक ५ बर्षमा नियमित निर्वाचन हुन नसक्दा संस्थामा नयाँ सोच, नयाँ नेतृत्व र उत्तरदायित्वको अभ्यास कमजोर समेत भईरहेकाे देखिन्छ । खानेपानीजस्तो सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा लामो समयदेखि निर्वाचन नहुदा नगरपालिकाले यस बिषयमा हाल सम्म कुनै चासाे देखाएको देखिदैन किन ?
#पाँच–पाँच वर्षमा हुनुपर्ने निर्वाचन किन भएन?
#निर्वाचन गराउन कसले पहल गर्नुपर्ने हो?
#नगरपालिकाले किन आवश्यक समन्वय र निर्देशन दिएन?
#लामो समय एउटै समिति रहनुको कारण के हो?
# बिगत १५ बर्षदेखी हाल सम्म संस्थाले किन सार्वजनिक रुपमा किन आयव्यय सार्वजनिक गर्ने सकेको छैन ?
# १५ बर्ष देखि समितिले उपभोक्ता लाई कसरी सेवा प्रवाह गर्देछ त?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.