भदौ १५ साेमबार
रबिन्द्र बराल

माेरङकाे रंगेली अस्पतालका ज्यालादारी कर्मचारीहरुले बिगत दुई महिनादेखि तलब विहीन हुदा घरखर्च चलाउनै समस्या परेको छ। ज्यालादारी तथा मासिक तलबबाटै घरखर्च चलाउँदै आएका निम्न आय भएका कर्मचारीहरूले मासिक रुपमा तलब नपाउँदा आर्थिक समस्यामा परेका छन्।अस्पतालमा रहेका हुने खाने र सुखि सम्पन्न परिवारका समेत कार्मचारीहरु रहेता पनि उनिहरुकालागी ६ महिनै तलव नआउदा उनिहरुकाे घर खर्च चल्छ तर ज्यालादारी तथा सोही रकमबाट दैनिक गुजारा चलाउँदै आएका कर्मचारीहरूले लामो समयसम्म तलब नपाउँदा घरखर्च व्यवस्थापन गर्न कठिन भएको गुनासो गरेका छन्। एक कर्मचारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने, “दुई महिनादेखि तलब आएको छैन। घरखर्च चलाउनसमेत समस्या भएको छ। उधारो गरेर गुजारा चलाइरहेका छौँ।”

आफ्नो समस्या सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दा जागिर नै गुम्न सक्ने डर रहेको भन्दै ती कर्मचारीले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध समेत गरेका छन्। “हामी निम्न तहका कर्मचारी हौँ। खुलेर बोल्दा प्रशासनले जागिरबाटै हटाइदिने डर छ,” उनले भने। नेपाल सरकारले कर्मचारीलाई १५ /१५ दिनमा तलव खुवाने भनेता पनि रंगेली अस्पतालमा रहेका कर्मचारीहरुलाई दुई महिना बितिसक्दा समेत नियमित रूपमा तलब उपलब्ध गराउन सकेको छैन।
नगरपालिका प्रशाशकिय अधिकृत प्रदिप कुमार साहका अनुसार अहिले करारमा मेसु रहेको र नेपाल सरकारकाे महात्मा रहेका मेसु १० दिन पछि आउने र उनी मार्फत नै तलव खुवाउने साहले बताए ।
नेपाल सरकारको दरबन्दीमा रहेका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) वसन्त कुमार साह अन्यत्र सरुवा भएपछि करिब दुई महिना बितिसक्दा पनि प्रदेश सरकार तथा केन्द्र सरकारमा रहेका प्रतिनिधि हरुले मेसु नपठाउन नसकेको र त्यसको असर अस्पतालको प्रशासनिक तथा आर्थिक व्यवस्थापनमा परेको कर्मचारीहरूको भनाइ रहेको छ कर्मचारीहरूले भने आफूहरूको पारिश्रमिकजस्तो आधारभूत विषयमा आन्तरिक विवादको असर पर्न नहुने बताएका छन्। दैनिक अस्पताल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारीहरू नै महिनौँसम्म तलबविहीन हुनुपर्ने अवस्था आएपछि अस्पतालको व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ।
अस्पतालमा बिरामीको सेवा गर्ने कर्मचारीलाई समयमै तलब दिन नसक्ने अवस्था किन आयो? दुई महिनासम्म तलब रोकिँदा त्यसको जिम्मेवारी कसले लिने? नयाँ मेसु नआएको कारण देखाएर कर्मचारीको पारिश्रमिक रोक्नु कति उचित हो?
यसबारे रंगेली अस्पताल प्रशासन, रंगेली नगरपालिका तथा सम्बन्धित स्वास्थ्य निकायले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।

केही हाम्रो प्रश्न :=
१. दुई महिनासम्म तलब नपाउँदा ज्यालादारी कर्मचारीको घर कसरी चल्छ?
२. हुनेखाने कर्मचारीले दुई महिना तलब नपाउँदा केही समय धान्न सक्लान्, तर ज्यालादारी गरेर बिहानदेखि बेलुकासम्म पसिना बगाउने कर्मचारीको परिवारले दुई महिनासम्म चुलो कसरी बाल्ने? प्रशासनिक कमजोरीको मूल्य सधैँ निम्न वर्गले नै तिर्नुपर्ने हो?
३.“तलब आएन” भन्ने जवाफले कर्मचारीको घरखर्च चल्छ? बच्चाको पढाइ, घरभाडा, खाना, औषधि तथा दैनिक आवश्यकताका लागि महिनाको तलबमै निर्भर कर्मचारीलाई दुई महिनासम्म पारिश्रमिक नदिँदा उनीहरूले कसरी जीवन धान्ने?
४. मेसु सरुवा भएको दुई महिना भइसक्दा पनि नयाँ मेसु किन आएनन् यस्काे जवाफ कस्ले दिने ?
नेपाल सरकारको दरबन्दीमा रहेको मेसु सरुवा भएपछि लामो समयसम्म पद रिक्त रहनुको जिम्मेवारी कसले लिने? यसको प्रत्यक्ष असर कर्मचारीको तलबसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो?
५. प्रक्रियामा छ “मेसु छैन”, “बजेट आएन” जस्ता जवाफले भोक मेटिँदैन, घरखर्च चल्दैन र उधारो तिर्न सकिँदैन। त्यसैले रंगेली अस्पताल प्रशासन र सम्बन्धित निकायले स्पष्ट रूपमा भन्नुपर्छ कि पर्देन ?


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।