कानेपाेखरी ।

सीएचआईटीएफ परिवार तथा अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो समुदायका लागि अत्यन्त दुःखद खबर आएको छ। सीएचआईटीएफका ग्रान्ड मास्टर तथा मलेसियाका तेक्वान्दो व्यक्तित्व Sean Kean Chong को सवारी दुर्घटनामा असामयिक निधन भएको छ।
ग्रान्ड मास्टर चोङ, एशियाका अन्तर्राष्ट्रिय आयुक्त तथा सीएचआईटीएफ प्राविधिक समितिका सदस्यसमेत हुनुहुन्थ्यो। उहाँको गत सेप्टेम्बर २, २०२६ मा मलेसियाको क्वालालम्पुरमा भएको दुःखद सवारी दुर्घटनामा निधन भएको जनाइएको छ।
उहाँको निधनले सीएचआईटीएफ परिवार तथा अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो समुदायले एक महान गुरु, कुशल प्रशिक्षक र प्रेरणादायी व्यक्तित्व गुमाएको छ।

ग्रान्ड मास्टर चोङले आफ्नो सम्पूर्ण जीवन तेक्वान्दो खेलको विकास, विस्तार तथा सीएचआईटीएफको प्रवर्द्धनमा समर्पित गर्नुभएको थियो। उहाँले तेक्वान्दो क्षेत्रमा पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने र उहाँको प्रेरणा भावी पुस्ताका लागि मार्गदर्शक बनिरहने सीएचआईटीएफ परिवारले जनाएको छ।

यस दुःखद घडीमा सम्पूर्ण सीएचआईटीएफ परिवार शोकमा डुबेको छ। संस्थाले स्वर्गीय ग्रान्ड मास्टर चोङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवार, आफन्तजन तथा सम्पूर्ण तेक्वान्दो समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

काेशी प्रदेश सीएच आई टीएफ अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले गहिराे दु ख व्यक्त गर्दै स्वर्गीय ग्रान्ड मास्टर Sean Kean Chong एक असल गुरू गुमाएकाे प्रती खेल जगतलाइ ठुलाे झटका लागेकाे वताउनु भयाे ।।।। उहा को आत्माले चिरशान्ति प्राप्तकाे समेत कामना गर्नु भयाे ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।