मेनु

मेहनतअनुसार मूल्य नपाउँदा मोरङका सनपाट खेती गर्ने किसान निराश ।थारू पाेर्टल

मेहनतअनुसार मूल्य नपाउँदा मोरङका सनपाट खेती गर्ने किसान निराश ।थारू पाेर्टल

भदौ १९ शुक्रबार
रबिन्द्र बराल


मोरङको दक्षिणी क्षेत्रमा कुनै समय प्रमुख नगदेबालीका रूपमा चिनिने सनपाट अर्थात् पटुवा खेती पछिल्लो समय संकटमा पर्न थालेको छ । उत्पादनमा लाग्ने लागत, मजदुरको अभाव र मेहनतअनुसारको मूल्य नपाउँदा किसानहरू सनपाट खेतीबाटै निराश बन्न थालेकाे रंगेलीका कृषक जगर्नाथ मंण्डल बताए । सनपाट खेती गर्ने किसानका लागि खेती लगाउनेदेखि तयार पारेर बजारसम्म पुर्‍याउने प्रक्रिया निकै झन्झटिलो निकै मेहनतपूर्ण छ । नेपाल सरकारले कृषकहरुले उत्पादन गरेको सनपाटकाे उचित मूल्य निर्धारण नगर्दे व्यपारीहरुले आफुखुशी खरिद गर्ने र कृषकहरुले सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको कृषकहरुले बताएका छन । नेपाल भारतकाे खुल्ला सिमाक्षेत्रमा रहेका नेपाली कृषकहरुले भारतीय बजारमा सनपाट लगेर बिक्रीवितरण गर्ने गरेका छन । भारतीय बजारमा नेपाली रुपैयाँ प्रतिमन १२ हजार रुपैयाँ रहेकाे भएता पनि नेपाली बजारमा ६ हजार ५ सय रुपैयाँ खरिदबिक्री हुने गरेको र सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।

बिगतका बर्षमा प्रतिमन १० हजार रुपैयाँ सम्म खरिदबिक्री भएता पनि यस बर्षभने मूल्य कमरहेकाे बताए । ब्यपारीहरुका अनुसार बाङ्लादेश बाट सनपाट आयात हुदा सस्तो पर्ने र बडिमात्रामा भित्रिने गरेको बताए । स्थानीय कृषक महादेव साहका अनुसार १० कठ्ठा जग्गाम सनपाट खेती गर्दे करिब ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको भएता पनि वजार मुल्य नपाउदा निकै समस्या परेको बताए । सनपाट काट्ने समयमा मजदुरको अभाव र किसानका लागि अर्को चुनौती बनेको कृषकहरुले बताए । अहिले दैनिक करिब ७ सय रुपैयाँसम्म ज्याला दिनुपर्ने भए पनि गाउँघरमै पर्याप्त मजदुर नपाइने किसानहरू बताउँछन् ।सनपाट काटिसकेपछि पनि किसानको काम सकिँदैन । काटेको सनपाटको पात झार्न करिब एक साता लाग्छ । त्यसपछि स–साना मुठा बनाएर पानी जम्ने पोखरी, खोला वा खोल्सामा करिब २५ दिनसम्म कुहाउन राखिन्छ ।

करिब २५ दिनपछि पानीबाट सनपाट निकालेर सफा गरिन्छ र पुनः करिब एक सातासम्म घाममा सुकाएपछि मात्रै बजारमा बिक्री गर्न योग्य हुन्छ । सनपाट तयार गर्न धेरै समय र मेहनत लाग्छ । तर बजारमा उचित मूल्य नपाउँदा किसानको लागतसमेत उठाउन गाह्रो हुन्छ । सरकारले उत्पादनको लागत हेरेर मूल्य निर्धारण गर्नुपर्छ कृषकहरु बताउँछन् । मोरङमा कुनै समय ठूलो क्षेत्रफलमा गरिने सनपाट खेती पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ ।

गत वर्षहरुमा मोरङमा करिब ५ हजार ४ सय ४२ हेक्टर क्षेत्रमा सनपाट खेती भएकोमा यस वर्ष भने अघिल्लो वर्षको तुलनामा करिब ८ देखि १० प्रतिशत मात्रै क्षेत्रफलमा जुट खेती सीमित भएको किसानहरूको भनाइ छ । स्थानीय वृद्धवृद्धाका अनुसार २०४१ सालतिर मोरङमा सनपाट खेतीको अवस्था निकै उत्साहजनक थियो ।

त्यतिबेला भारतबाट समेत ठूलो संख्यामा मजदुरहरू मोरङका विभिन्न क्षेत्रमा आउने, तीन महिनासम्म घर भाडामा लिएर बस्ने र सनपाट तयार पारेर मात्रै भारत फर्किने गरेको उनीहरू सम्झन्छन् । कुनै समय मोरङका किसानको आम्दानीको महत्वपूर्ण आधार बनेको सनपाट खेती अहिले लागत, मजदुर अभाव र बजार मूल्यको समस्याले खुम्चिँदै गएको छ । किसानले उत्पादन गरेको सनपाटको उचित मूल्य सुनिश्चित गर्न नसकिए खेतीबाट किसान थप विस्थापित हुने जोखिम बढेको छ । त्यसैले स्थानीय उत्पादनको संरक्षणसँगै लागतअनुसारको न्यूनतम समर्थन मूल्य र बजार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।