भदौ ,२२ ।साेमबार

माेरङकाे रतुवामाई नगरपालिका ९ भौडाहास्थित शर्वेश्वर शिव मन्दिरमा चोरी भएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तीन महिना अगाडी असार २४ गते राति १२ बजे अज्ञात व्यक्ति मन्दिरभित्र प्रवेश गरी दानपेटिका तथा पित्तलका मूर्तिलगायतका सामग्री चोरी भएको थियोे ।

सोही मन्दिरमा यसअघि पटक–पटक चोरीका घटना समेत हुदै आईरहेकाे थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न समूहका रतुवामाई ८ बस्ने दिनेश सहनीका छाेरा बर्ष २३का रोहित सहनीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका सहनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको र थप चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भईरहेकाे सिजुवा प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।