असोज,१९। कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १०औँ साधारण सभा सम्पन्न भएको छ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष विजयगोपाल गड्तौलाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा कानेपोखरी गाउँपालिका–६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा समितिको नियमित गतिविधि, खानेपानी तथा सरसफाइ सेवाको अवस्था, व्यवस्थापन, संस्थागत गतिविधि तथा आगामी योजनाबारे छलफल र समीक्षा गरिएको थियो। समितिले आगामी दिनमा उपभोक्तालाई थप प्रभावकारी र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने विषयमा समेत योजना प्रस्तुत गरेको जनाएको छ।
२०५७ सालमा स्थापना भएको बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले कानेपोखरी गाउँपालिका–४, ५, ६ र ७ का उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।
कार्यक्रमको सञ्चालन समितिका सचिव लीलाबहादुर श्रेष्ठले गरेका थिए।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।