मेनु

कानेपोखरीमा ‘टोली थिएटर’ स्थापना हुँदै, नयाँ कलाकारलाई अवसर दिइने ।थारू पाेर्टल

कानेपोखरीमा ‘टोली थिएटर’ स्थापना हुँदै, नयाँ कलाकारलाई अवसर दिइने ।थारू पाेर्टल

कानेपोखरी, मोरङ।

विद्यानन्द चाैधरी

सानो भिडियोदेखि सिरियलसम्मको अनुभवलाई स्थानीय रङ्गमञ्चमा जोड्ने प्रयास; तिहारपछि पहिलो नाटक ‘बोतलभित्रको मान्छे’ मञ्चन गर्ने तयारी

मोरङको कानेपोखरीमा स्थानीय कला, संस्कृति तथा रङ्गमञ्चको विकास गर्ने उद्देश्यले ‘टोली थिएटर’ स्थापना गर्ने तयारी गरिएको छ। संस्था हाल दर्ता प्रक्रियाको तयारीमा रहेको छ।

सानै उमेरदेखि रङ्गमञ्चमा रुचि राख्दै आएका रङ्गकर्मी रिपेश पहाडीले आफ्नो अभिनय तथा सिरियलमा काम गरेको अनुभवलाई उपयोग गर्दै स्थानीय क्षेत्रमा नयाँ कलाकार उत्पादन गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हुन्।

टोली थिएटरमार्फत स्थानीय प्रतिभालाई अभिनयमा मात्र नभई नाटक लेखन, निर्देशन, ध्वनि, प्रकाश तथा मञ्च व्यवस्थापनजस्ता विभिन्न विधामा समेत सहभागी गराउने लक्ष्य राखिएको छ। यसले कला क्षेत्रमा रुचि भएका नयाँ तथा पुराना कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

थिएटरले तिहारपछि आफ्नो पहिलो प्रस्तुतिका रूपमा ‘बोतलभित्रको मान्छे’ नाटक मञ्चन गर्ने योजना बनाएको छ। सीमित स्रोतसाधनबाट सुरु गर्न लागिएको यस अभियानलाई स्थानीय समुदाय, शैक्षिक संस्था तथा व्यवसायीसँग सहकार्य गर्दै अगाडि बढाउने लक्ष्य राखिएको छ।

स्थानीय स्तरमै अभिनय र रङ्गमञ्चको क्षेत्रमा सम्भावना खोजिरहेका प्रतिभालाई अवसर प्रदान गर्नुका साथै कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कलाकार तथा इच्छुक प्रतिभालाई आह्वान

टोली थिएटरले कला, अभिनय तथा रङ्गमञ्चमा रुचि भएका नयाँ तथा अनुभवी कलाकारलाई यस अभियानमा जोडिन आह्वान गरेको छ। अभिनय, नाटक लेखन, निर्देशन, ध्वनि, प्रकाश तथा मञ्च व्यवस्थापनमा रुचि भएका इच्छुक व्यक्तिले सम्पर्क गरी आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन्।स्थानीय प्रतिभालाई अवसर दिँदै कानेपोखरीमा रङ्गमञ्चको नयाँ वातावरण निर्माण गर्ने लक्ष्यसहित अघि बढ्न लागेको टोली थिएटरले आगामी दिनमा स्थानीय कला र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्पर्क: रिपेश पहाडी
मोबाइल नम्बर:  ९८२०३५१४८४

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।