पुस।२४। प्रवास खबर धनुषा जिल्लाको नक्टाझीज निवासी कृष्णा कुमार यादव आफ्नो परिवारको आर्थिक अवस्थालाई सुधार्न सन् २०१८मा साउदी अरब जान बाध्य भए। ए.एस. इन्टरनेशनल ग्रुप प्रा.लि. नामक म्यानपावर कम्पनीमार्फत उनी सउदी पुगे। अल-रहमान अब्दुल्लाह अल-हरबी अलबाकरिया कम्पनीमा ट्रक चालकका रूपमा कार्यरत भए पनि कम्पनीले उनलाई ड्राइभिङ लाइसेन्स उपलब्ध गराएन। जबर्जस्ती गाडी चलाउन बाध्य गराइयो। […]
विद्यानन्द चाैधरी कानेपाेखरी ।पुस।२३गते माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानाे कपडा सिउटर वितरण गरेका छन । पालिकाले २३वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै बाल बालिकाहरुलाई विद्यालयमा गई स्थानिय सरकार प्रमुख राजमति ईङ्गनाम आफै गई प्रतक्ष विद्यार्थीलाई सिउटर वितरण गर्नु भयाे जसमा विद्यालयका शिक्षक […]
पथरी शनिश्चरे समाचारदाता, पुस -२३ गते मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आज न्यायो कपडा वितरण भएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो आमा (माता, पिता)को सम्झनामा एक लाख ११ हजार १११ रुपैयाको प्रेमगीता स्मृति अक्षकोष स्थापना गरेका छन् । उक्त अक्षय […]
पथरी शनिश्चरे समाचारदाता कार्तिक।७। निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चनाखो भएर खबदारी गर्ने भएका छन् । एसियाली होइवे एसिया महादेशको ३२ वटा देश जोड्ने सडक सञ्जाल हो । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधिन सडक नेपालको पूर्बी नाका काँकडभिट्टाबाट निर्माण भइरहेको छ । केही दिनअघिदेखि एसियन हाइवे मोरङको पथरी […]
पथरी शनिश्चरे समाचारदाता , पुस-१८ गते माेरङ पथरी शनिश्चरेका खाेजकर्ता / लेखक दीपेन्द्रराज तिम्सिना काठमाडौंमा सम्मानित हुनु भएको छ । पुस- १७ गते खाेजकर्ता तिम्सिनालाई राष्ट्रिय धराेहर प्रतिष्ठान समाज नेपालले १२ औ राष्ट्रिय पाेशाक तथा अन्तर्राष्ट्रिय टाेपी दिवसको अवसरमा सम्मान गरेको हाे । कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले तिम्सिनालाई दाेसल्ला ओढाई […]
पथरी शनिश्चरे समाचारदाता- मङ्सिर १६ गते मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ आज समापन भएको छ । तीन दिनमा कक्षा १२ र एसइई परीक्षामा शत प्रतिशत नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमुना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको […]
पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१५ गते फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका […]
पुस ८ साेमबार मोरङ धनपालथान गाउँ पालिका ४ ललियाधारकाे भित्रि सडक खण्डबाट लागुओैष सहित एक जना पक्राउ परेका छन । आईतवार दिउसाे ४ बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्का र लागुओैषधकाे ब्युरो टाेली बिराटनगरबाट खटिएको विशेष प्रहरी टोलीद्वारा चेक जाँच गर्ने क्रममा धनपालथान ३ साेर्हभाग बस्ने बर्ष ३५ […]
पुस ८ साेमबार नेपाल औषधि व्यवसायी संघले व्यवसायहरु लाई संङ्गढित गर्ने उदेश्यले रंगेलीमा अन्तक्रिया कार्यक्रम गरेको छ । रंगेली अस्पतालकाे सभाहलमा भएको कार्यक्रममा रतुवामाई नगरपालिका , सुनबर्षि नगरपालिका , रंगेली नगरपालिका र धनपालथान गाउँ पालिका , कानेपोखरी गाउँ पालीका जहदा गाउँ पालीका र कटहटी गाऊपालिकाका औषधि व्यवसायीक संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। […]
विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका […]