'कानेपाेखरी नगर प्रहरीले ठुलाे परिमाणमा अबैध माछा बरामद गरी नष्ट गर्याे ।थारु पाेर्टल'

November 12, 2024

विज्ञापन
No data was found

कार्तिक।५।कानेपाेखरी ।

कानेपाेखरी नगर प्रहरीले ठुलाे परिमाण प्रतिवन्धित अबैध मुग्री माछा  बरामद गरेकाे छ । माेरङ्गकाे कानेपाेखरी गाउँपालिका वडा न २ थारु चाेकबाट भित्र पुर्व हनुमान नगरबाट विशेष सुचनाकाे आधारमा २वटा माेटर साईकलबाट ४ वटा हन्डि लगभग २ सय केजी  मुग्री माछा र नेपालकाे नम्वर प्लेट मे २ प ४९८२भएकाे पलाटिना माेटर साईकल र अर्काे सुपर स्पेल्नडर माेटर साईकल BR38A  9934  नगर प्रहरी प्रमुख युवराज भुजेलकाे टाेलीले बरामद गरेकाे छ । माेटर साईकल र माछा छाडेर २ जना युवाहरु थिए ।जसकाे पहिचान खुल्न सकेन ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, रमाइलो प्रहरी चौकीका प्रमुख मोहन कुमार प्रधान, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल लगाएत राजनितिक दलका प्रतिनिधिको उपस्थितमा मुजुल्का बनाई नष्ट गरिएको थियो ।कानेपाेखरी गाउँपालिकाे डम्पिङ्ग साईडमा खाडल खनेर नष्ट गरिएकाे थियाे । दशमी अगाडी देखीनै कानेपाेखरी गाउँपालिकामा मुग्रीमाछा वेच विखनमा राेक लगाएकाे छ भने उक्त माछा भारत बाट आएकाे अनुमान गरीएकाे छ । उक्त माछा बेलबारी बजार बेच्न लैजाने क्रममा विहान ६ ४० बजे फक्राउ गरेको नगरप्रहरीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.