कालीकोशी युवा समाजद्वारा आयोजित दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबहरु विजय ।

दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित हात पारेको हो । नव प्रगतिशीलका लागी खेलको पहिलो मिनेटमै प्रशान्त प्रधानले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी नवप्रतिभाले क्रमश खेलको ४ औं, ७ औं र १२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ४ -१ को अग्रता पुर्याएको थियो । दोश्रो हाफको १८ औं मिनेटमा कालिकोशीका लागि सुजन लिम्बूले पहिलो सान्तवना गोल फर्काए पनि खेलको अन्तिम समय ३४ औं मिनेट नवप्रगतिशीलले पाँचौ गोल गर्दै अग्रतालाई ५-१ पुर्याएर खेलको पहिलो जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल