'कालीकोशी युवा समाजद्वारा आयोजित दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबहरु विजय ।'

December 12, 2024

विज्ञापन
No data was found
दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित हात पारेको हो । नव प्रगतिशीलका लागी खेलको पहिलो मिनेटमै प्रशान्त प्रधानले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी नवप्रतिभाले क्रमश खेलको ४ औं, ७ औं र १२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ४ -१ को अग्रता पुर्याएको थियो । दोश्रो हाफको १८ औं मिनेटमा कालिकोशीका लागि सुजन लिम्बूले पहिलो सान्तवना गोल फर्काए पनि खेलको अन्तिम समय ३४ औं मिनेट नवप्रगतिशीलले पाँचौ गोल गर्दै अग्रतालाई ५-१ पुर्याएर खेलको पहिलो जित निकालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.