'सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि., विराटनगर तेहौ वार्षिक साधारण सभा सम्पन्न l'

December 12, 2024

विज्ञापन
No data was found
राजेश कुमार राजवंशी
माेरङ्ग जिल्लका केही सँचार कर्मीहरुले सँचालन गरेकाे  सहकारीकाे साधारण सभा समपन्न भएकाे छ । सानो पूँजीबाट सुरु गरेको सहकारीको शेयर पूँजी आ.व. ०८०/०८१ सम्म शेयर पूँजी रु.२४लाख३५हजार८सय।- भएको छ भने पूँजी तथा दायित्व रु.१,०७,०८, १५७/९० पुगेको छ । २०८१ असारसम्म महिला १६ जना र पुरुष १०२ जना समेत शेयर सदस्य ११८ जना पुगेका छौं। यो संख्या अझै न्यून हो। मोरङ जिल्लाका सबै सञ्चारकर्मी साथीहरुलाई यस सहकारीमा आवद्ध हुन आहवान गर्दछौं ।आर्थिक वर्ष २०८०/०८१ मा रु.१६,७५,३५५१८१ आम्दानी भएको छ भने कूल खर्च रु.७,२९,४०७।७६ भएको छ । यसबाट कुल बचत रु.७,२९,४०७।७६ र आय कर रु.१,४५,८८१७५५ गरी खुद आय रु.५,८३,५२६।२१ भएको छ । यस वर्ष ऋण लगानी रु.७१,०६,८१५।२० र निक्षेप रु.४०,२२,५०६।५५ भएको छ । आ.व. ०८१ असार मसान्तसम्म बैंक मौज्दात रु.३४, २५,०९५।२९ र नगद मौज्दात रु.६४,७८११- गरी जम्मा मौज्दात रु.३४,८९,८७६।२९ रहेको छ ।हामीले सहकारीको नियमानुसार सबै शेयर सदस्य साथीहरुको अभिलेख राख्न व्यक्तिगत फाइल तयार गर्न, सम्पूर्ण विवरणसहित नागरिकताको फोटो कपी र ३ प्रति फोटो माग गरेकोमा केही साथीहरुबाट सो कागजातहरु अझसम्म पनि प्राप्त हुन नसकेकोले यो कार्य अधुरै रहन पुगेको छ। विवरण बुझाउन बाँकी रहेका सबै साथीहरुलाई यथाशीघ्र बुझाउन अनुरोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.