पथरीमा नगरस्तरीय लोक नृत्य प्रतियोगिता ।थारु पाेर्टल

पथरिशनिश्चरे समाचारदाचा,
प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल भएका थिए भने सिनियर तर्फ क्रमश: पहिलो रेडस्टार अंग्रेजी माध्यमिक बिद्यालय पहिलो र एभरेष्ट बोर्डिङ स्कुल दोस्रो स्थान हासिल गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले प्रतियोगिताका पुरस्कृत विद्यालयका छात्र छात्राहरूलाई ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो। उक्त प्रतियोगितामा नगर भित्रका विभिन्न संस्थागत विद्यालयहरूका जुनियर तर्फ ११ र सिनियर ५ वटा सहित कुल १६ वटा नृत्यहरू प्रस्तुत गरिएका थिए। नगर कार्य समिति पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, , पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन पथरी शनिश्चरे नगरका सचिव सुजन बास्तोलाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल