'नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको छौठौँ जिल्ला अधिवेशन पुस २७गते हुदै ।थारु पाेर्टल'

January 10, 2025

विज्ञापन
No data was found

पुस।२६।शुक्रबार 

विद्यानन्द चाैधरी 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको छौठौँ जिल्ला अधिवेशन पुस २७गते माेरङ्गकाे पथरी शनिश्चरे २, हरियाली सामुदायिक वनको सभाहलमा हुने भएकाे छ । माेरङ्ग जिल्ला भरी रहेका लगभग ५० देखि ६०जना आदिवासी जनजाति पत्रकार रहेका स‌ँस्थाकाे याे चुवावी अधिवेशन हाे । हाल दिनेश सुब्बाकाे अध्यक्षतामा याे अधिवेशन हुन लागेकाे छ भने सचिव अनिल श्रेष्टले हाकीरहेका छन भने अधिवेशन पछि कसले नेतृत्व गर्ने भन्नै टुङ्गाे भने लागेकाे छैन ।

अधिवेशनमा जिल्ला भरीका सम्पूर्ण फाेनिज कर्मीहरुलाई अनिवार्य उपस्थितिकाे लागी सचिव अनिल श्रेष्टले आग्रह गर्नु भएकाे छ । अधिवेशनका साथ साथै प्रयटन प्रवर्धनकाे समेत अथिमुखीकरण तालिमकाे समेत आयाेजना गरीएकाे जानकारी फाेनिज अध्यक्ष दिनेश सुब्बाले जानकारी दिनु भयाे । कार्यक्रम विहान ८ वजे देखी सुचारु हुने जानकारी आयाेजक समुहले बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.