कानेपाेखरी गाउँपालिकाकाे १ वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव । थारु पाेर्टल

चैत्र। १५।कानेपाेखरी

विद्यानन्द चाैधरी

कानेपाेखरी गाउँपालिकाकाे १वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव वनाएकाे छ । वडा न ७काे सिता धाप भन्नै गाउँमा दाजु भाई मिलेर ३५वटा बाख्रा ३बाेका ४ खसी गरी जम्मा  ४२ वटा बाख्रा  चाेरी गरी पथरीकाे मङ्गलवारे पशु हाटमा कम मुल्यमा बेचेकाे वयान प्रहरीलाई दिएकाे छ ।

विगत १ वर्षदेखी याे पेशामालागेकाे वताउछन दाजु भाई ले ।  गाउँघरकाे राँगा भैसी समेत चाेरेकाे स्विकार गरेकाे छ । प्रेमा शेर्पाकाे २वटा रागा १९हजारमा बेचेकाे र भदाै महिनामा वियाउने भैसी तुलसी राम गाैतमकाे चाेरेर १लाख २० हजार दिदा न बेचेकाे भैसी २१हजारमा पथरीकाे मङ्गलवारेकाे पशु हाटमा वेचाेकाे भनेर वयान दिए । सिता धाप कुसेचाैरीबाट ६वटा भैसी लगेर वेचाेकाे कबुल गरेका चाेरहरु स्थानिय वासीनै हुन । चैत्र १गते जँगलमा चरनकाे लागी गएकाे बाख्रा गाडीमा लगाउदै गर्दा स्थानियहरु घाँस दाउरा गर्न जानेहरुले पहिचान गरे जुम्लिया दाजु भाई हाेभनेर पहिचान भएपछी फरार रहेका थिए ।

आफ्नतकाेमा केही दिन लुकेर वसेका थिए ।  लाेक ब कार्कीले     प्रहरीमा किटानी जाहेरी दिएपछी खाेज तलास हुन थाल्याे र चाेरहरु धरानमा लुकेर वसे । गाउँमा सबैले खाेज्न थालेपछी श्रिमतीकाे सहायताले भारत जाने उतै काम गर्ने फोन मार्फत कुरा भयाे र श्रिमती घरवाट सनिबार करिव २वजे जाेगवनी पुगिसकेकाे र माईति नेपाललाई समेत जानकारी दिएकाे हुनानाले  खाेज अनुस‌न्धान गर्दा दाजु भाई चाेरलाई पक्राउ गर्न सफल भयाे । कानेपाेखरी गाउँपालिका वडा न ७ घर भएका दाजु भाई चाेर हरुलाई वुवा र श्रिमतीकाे सहयाेगले पक्राउ गर्न सफल भयाे । गाउँ भरीकाे बाख्रा रागाँ भैसी पाडा पाडी बाेका खसी गरी कराैडाै पर्ने चाेरी गरी आधा भन्दा कम मुल्यमा वेच्ने र खाने गरेकाे थियाे ।

रमाईलाे प्रहरीचाैकी ईन्चार्ज चन्द्र कुवेर अधिकारीकाे अनुसार प्रकाउ गरी रानीमा राखेका चाेरहरुलाई रानीबाट रमाईलाे चाेकीमा लियाई मुचुल्का वनाएर ईलाका प्रहरी कार्यलय  पथरीमा थप अनुस‌‌धानकाे लागी लगिएकाे छ ।   चाेरलाई समातेपछी गाउँका सबै जना भेला भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल