'ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्रद्वारा बयरवनमा “सकारात्मक सोच स्वस्थ जीवनशैली” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।थारू पाेर्टल'

July 21, 2026

विज्ञापन
No data was found

कानेपोखरी, मोरङ ।साउन।५

विद्यानन्द चाैधरी

ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र, बयरवनको आयोजनामा “सकारात्मक सोचद्वारा स्वस्थ जीवनशैली” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कानेपोखरी गाउँपालिका वडा नं. ४, बयरवनस्थित संस्थाको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा बयरवन बजारका व्यापारी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय युवाहरूसहित करिब ४० जनाको उत्साहजनक सहभागिता रहेको थियो।कानेपोखरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश राउतको मुख्य आतिथ्यतामा   पानसमा दीप प्रज्वलन गरेर समुदधाटन गर्नु भएकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राउतले समाजमा शान्ति, सद्भाव र स्वस्थ जीवनशैलीका लागि सकारात्मक सोचको भूमिका अति महत्त्वपूर्ण रहने कुरामा जोड दिनुभयो।कार्यक्रममा अर्जुन थपलियाले प्रशिक्षकका रूपमा सहभागिहरूलाई प्रशिक्षण दिनुभएको थियो। उहाँले तनावमुक्त जीवन, सकारात्मक सोच र आध्यात्मिक जीवनशैली कसरी अपनाउने भन्नेबारे व्यावहारिक अभ्यास र ज्ञान बाँड्नुभएको थियो।

समाजलाई सुख, शान्ति र समृद्धितर्फ लैजाने उद्देश्य

कार्यक्रमको मुख्य उद्देश्य समाजलाई सुख, शान्ति र समृद्धितिर उन्मुख गराउनु तथा सकारात्मक सोचमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको थियो।

बयरवन बजारका स्थानीय व्यापारी तथा युवाहरूको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको थियो। सहभागीहरूले दैनिक जीवनमा आइपर्ने मानसिक तनाव र भागदौडका बीच यस्ता कार्यक्रमले मानसिक शान्ति र नयाँ उर्जा मिल्ने प्रतिक्रिया दिएका छन्। बयरबन बजार व्यवस्थापन समिती अध्यक्ष  दिलिप लामा  पुर्व वडा सदस्य शिव दुलाल उमेश पाैडेल,शितल टुडु लाेकेन्द्र शाक्य लगायतकाे अाथितियता  रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.