जेष्ठ ,२२। शुक्रबार रबिन्द्र बराल मोरङको सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वरी प्राथमिक विद्यालयमा लुम्बिनी विकास बैंक लिमिटेडले रंगेली द्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ। रङ्गेली ७ मा रहेको बैंकको शाखाद्वारा एक कार्यक्रममा विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ। बैंकका अध्यक्ष दुर्गेश रौनियारले […]
जेष्ठ ,२२। शुक्रबार भारतको उत्तर प्रदेश (यूपी) राज्यको प्रयागराज क्षेत्रमा लामो समयदेखि विभिन्न प्रलोभन देखाएर मोरङको रंगेली, सुनवर्षी लगायतका क्षेत्रका नेपाली युवाहरूलाई राख्ने गरिएको आरोप स्थानीय परिवारजनले लगाएका छन्। आफ्ना छोराछोरीको अवस्था अज्ञात बन्दै गएपछि अभिभावकहरू चिन्तित बनेका छन्। रंगेली नगरपालिका–९ का बलराम रिखियामका अनुसार उनका छोरा महेश रिखियामलाई चार महिना अघि आकर्षक आम्दानीको प्रलोभन […]
जेठ,२३।विराटनगर राजबंसी समाज विकास समिति (रासबिस) भित्र लामो समयदेखि जारी आन्तरिक विवाद र विभाजनप्रति असन्तुष्टि जनाउँदै मोरङ जिल्ला सदस्य तथा स्वतन्त्र पत्रकार संजय राजबंशीले संस्थामा रहेका आफ्ना सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले समाजको एकताका लागि पटक–पटक पहल गरे पनि नेतृत्व तहबाट सकारात्मक प्रयास नभएको बताए। करिब तीन वर्षदेखि […]
जेठ।२३,कानेपोखरी, मोरङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा जेठ १६ र १७ गते सम्पन्न पाँचौँ राष्ट्रिय सीएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडीहरूलाई कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ। प्रतियोगितामा मोरङ जिल्लाले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १५ पदक जित्दै चौथो स्थान हासिल गरेको थियो। सोही प्रतियोगितामा पदक विजेता कानेपोखरी […]
जेठ,२२।कानेपोखरी, मोरङ । कानेपोखरी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित १५ दिने नौमती बाजा सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। कानेपोखरी गाउँपालिका वडा नं. २ को प्रधानटोलमा आयोजित समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम ले स्थानीय स्तरमा स्वरोजगारका अवसर सिर्जना गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम […]
जेष्ठ २१ बिहीबार रबिन्द्र बराल मोरङको रंगेलीमा अत्याधुनिक शीतभण्डार (कोल्डस्टोरेज) निर्माण अन्तिम चरणमा पुगेको छ । रंगेलीमा कोशी प्रदेश सरकारको लागतमा साझेदारीमा कोल्डस्टोरेज निर्माणका लागि ७ करोड ४ लाख ४ हजार १३४ रुपैयाँ लागत अनुमान गरिएको थियो। तर ठेक्का प्रक्रिया मार्फत ४ करोड ९६ लाख ६६ हजार ४५८ रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनी दाप्सा […]
२० जेठ, कानेपाेखरी । बागलुङको निसीखोलामा समापन भएको पाँचौ राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा मोरङ जिल्लाले १५ वटा पदक जितेको छ । बागलुङ सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा निसीखोला गाउँपालिका–२ जुग्जाखोलामा आयोजित प्रतियोगितामा स्पाईरिङ तथा प्याट्न तर्फको खेलमा मोरङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित चौंथो स्थान जित हासिल गरेका थिए । […]
जेष्ठ १७ आईतवार रबिन्द्र बराल मोरङको रङ्गेली–७ का तरकारी किसानहरूले उत्पादन लागत बढ्दै गए पनि उचित मूल्य नपाएको गुनासो गरेका छन्। किसानहरूका अनुसार भारतबाट अवैध रूपमा भित्रिने सस्तो तरकारीका कारण स्थानीय उत्पादनले बजार गुमाउँदै गएको छ।हाल करेला, भिण्डी, टमाटर, परवल, बोडीलगायत तरकारी उत्पादन भइरहे पनि बिक्रीमा समस्या भएको किसानहरूको भनाइ छ। मल, बीउ, मजदुरी र […]
आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७ गतेदेखि तीन दिनसम्म ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ । महोत्सव सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन हुनेछ । चलचित्र विकास बोर्डको हलमा आयोजना हुने महोत्सवमा लिम्बु, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, थारू तथा […]
१४, जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ले चारवटा विधामा सञ्चालन गरेको तीनदिने गाउँपालिका स्तरीय ‘विद्यार्थीहरुको प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ५ स्थित सिंहदेवी माध्यमिक विद्यालय को व्यवस्थापनमा विद्यालय परिसरमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भई विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई […]