'कानेपाेखरी गाउँपालिकामा निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप  स‌चालन  ।थारु पाेर्टल'

January 12, 2025

विज्ञापन
No data was found

कानेपाेखरी ।

पाैष।२८।साेमवार 

कानेपाेखरी गाउँपालिकामा निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप  स‌चालन भइरहेकाे छ ।

माेरङ्गकाे कानेपाेखरी गाउँपालिका पशु सेवा शाखा बयरवनकाे आयाेजना निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप   गाउँपालिकाकाे प्राङ्गगणमा पाैष २८गते देखि स‌चालन भईरहेकाे छ ।गाउँ घरकाे कुकुर स‌कलन भने २७ गते गरेका थिए ।

याे कार्यक्रम २दिन सम्म चल्नेछ । २८गते जम्मा १सय १०कुकुरलाई वन्ध्याकरण गरेकाे थियाे । कानेपाेखरीमा सामुदायीक कुकुर कम गर्ने र रेविजबाट जाेगिनुकाे साथ साथै गाउँघरमा समस्या न निम्त्याउनु रहेकाे छ । नेपाल एग्राे लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीकाे प्राविधिककाे सहयाेगमा शिविर तथा रेविज विरुद्धकाे खाेप  स‌चालन भइरहेकाे छ।लगभग ३सयकाे हाराहारीमा कुकुर बन्ध्याकरण  गर्ने लक्ष्य रहेकाे छ । याे कार्यक्रम गत वर्षपनि स‌चालन गरिएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.