कानेपाेखरी गाउँपालिकामा निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप  स‌चालन  ।थारु पाेर्टल

कानेपाेखरी ।

पाैष।२८।साेमवार 

कानेपाेखरी गाउँपालिकामा निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप  स‌चालन भइरहेकाे छ ।

माेरङ्गकाे कानेपाेखरी गाउँपालिका पशु सेवा शाखा बयरवनकाे आयाेजना निशुल्क कुकुर बन्ध्याकरण शिविर तथा रेविज विरुद्धकाे खाेप   गाउँपालिकाकाे प्राङ्गगणमा पाैष २८गते देखि स‌चालन भईरहेकाे छ ।गाउँ घरकाे कुकुर स‌कलन भने २७ गते गरेका थिए ।

याे कार्यक्रम २दिन सम्म चल्नेछ । २८गते जम्मा १सय १०कुकुरलाई वन्ध्याकरण गरेकाे थियाे । कानेपाेखरीमा सामुदायीक कुकुर कम गर्ने र रेविजबाट जाेगिनुकाे साथ साथै गाउँघरमा समस्या न निम्त्याउनु रहेकाे छ । नेपाल एग्राे लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीकाे प्राविधिककाे सहयाेगमा शिविर तथा रेविज विरुद्धकाे खाेप  स‌चालन भइरहेकाे छ।लगभग ३सयकाे हाराहारीमा कुकुर बन्ध्याकरण  गर्ने लक्ष्य रहेकाे छ । याे कार्यक्रम गत वर्षपनि स‌चालन गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल