पथरी शनिश्चरे समाचारदाता,
माघ-१७ गते
सहकारी कर्मचारी संगठन पथरिशनिश्चरेको १६औं वार्षिक साधारणसभा पुरस्कार – सम्मान कार्यक्रम तथा वन कार्यक्रम सम्पन्न भएको छ।

आज बुधबार मोरङ्गको पथरी शनिश्चरे वडा नं १ ० स्थित सिरीजङ्गा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय सहकारी बैङ्क लि., कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता तथा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका अध्यक्ष गणेशकुमार राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त संगठनकी कोषाध्यक्ष इन्दिरा बुढाथोकीले आर्थिक वर्ष २०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१ /०८२ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन्। सोही क्रममा सो कर्मचारी संगठन पथरी शनिश्चरेको आगामी ३ वर्षे कार्यकालका लागि पुन: गणेश वाछना राई अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्य समितिका उपाध्यक्षमा मनकामना साकोसका व्यवस्थापक दीपक अधिकारी, कोषाध्यक्ष पथरी शनिश्चरे साकोसकी व्यवस्थापक इन्दिरा बुढाथोकी तथा सदस्यहरू क्रमश: आईता कुमारी तुम्वापो, कल्पना थापा मगर, पुष्य प्रसाद बराल , बालकृष्ण पोख्रेल, डिकबहादुर खड्का लगायत सर्वसम्मत निर्वाचित भएका छन्। उक्त अवसरमा राष्ट्रिय सहकारी बैङ्क लि., शाखा कार्यालय, उर्लाबारी शाखा प्रमुख विवेक रिजाल , सेवा केन्द्र प्रमुख नेफ्स्कुन, दमक, झापाको राम हई, जिल्ला बचत तथा ऋण सहकारी लिमिटेड मोरङका व्यवस्थापक केदारनाथ दुलाल, लगायतको उपस्थिति रहेको थियो।