फाल्गुन १२
रबिन्द्र बराल

नेपाल सरकारले हुलाकी सडकलाई प्राथमिकताका साथ सडक निर्माण तथा काम सुरु गरेता पनिकाे झापाकाे माई खाेलाकाे पुल भने अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन ।
हुलाकी सडककाे अधिकान्स भागमा कालोपत्रे भईसकेता पनि गाैरिञन्ज देखि चन्द्रगडि सम्मकाे भागमा रहेको कनकाईपुल भने १३ बर्ष देखि अधुरै रहेको छ। पुलकाे काम १३ बर्ष देखि अलपत्र छाडेर ठेक्केदार हरु भागेपछि स्थानीय हरुले बर्षेदेखि खाेलामा जाेखिम पुर्ण तरिकाले खाेला तरेर आवतजावत गर्ने बाध्य रहेका छन ।
हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई माई नदीको पुलकाे काम ५० प्रतिशत मात्र पूरा भएको छ । सरकारले कडाइ गर्न नसक्दा र निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले गर्दे बारम्बार म्याद थप भईसकेता पनि हाल सम्म निर्माणकार्य सम्पन्न नहुदा नेपाल सरकारले पाँचपटक म्याद थप गरेकाे भएता पनि हाल सम्म केही काम अगाडि बडन सकेको छैन ।
७ सय मिटर लामो पुल निर्माणकार्य सुरु २०६८ जेष्ठ ३१ मा पप्पु कनट्रक्सन र महादेव खिम्ती जेभीले लाई ठेक्का दिएकाे र उक्त काम २०७२ जेष्ठ २९ गते सम्म बनाउन जिम्मा लगाएको थियोे । पुल निर्माणकार्यका लागि ३४ करोड नौ लाख रुपैयाँमा सम्झौता समेत भएको थियो । अहिले उक्त पुल निर्माण कार्य सम्पन्न नहुँदा खोलामा अहिले बाँसको पुलबाट सर्वसाधारणले मोटरसाइकल सहित यात्रा गर्दा दैनिक १०० रुपैयाँ तिर्नुपर्ने र साईकल बाट यात्रा गर्दे यात्रीले ५० रुपैयाँ तिर्नुपर्ने वाध्यता समेत रहेको छ । स्थानीयका अनुसार सरकारकाे कमजोरीका कारण बर्षेउनि स्थानीय हरुले समस्या भुग्नुपर्ने बाध्यता रहेको समेत बताए ।