फागुन, १४। बुधबार
रबिन्द्र बराल

मोरङकाे रतुवामाई ४ कटगरा स्थिति गडिमहराजमा तीन दिने शिबरात्री विशेष पुजापाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञकाे ३८ घण्टाकाे भजन कृतन समेत हुनेभएको छ । शिवरात्रीकाे अवसरपारेर आज कलश यात्रा समेत गरेको छ । नुना बक्राह खाेलकाे जल लिएर गडिमहाराज थानमा लगेर कार्यक्रमकाे शुभारम्भ गरिएको थियोे ।
गत पुस २३ गते तिलाे देवि गिरिकाे खेतमा रहेको पुरानाे बरकाे रुखमा दिउसो समयमा खेतमा काम गर्ने गएकाे समयमा स्थानीयले उक्त रुखकाे वरिपरि एक जाेडि नाग देखेपछि स्थानीय हरुले उक्त स्थानमा भगवानकाे बास रहेकाे हुनसक्ने भए पछि स्थानीय हरुले साेहि दिन देखि उक्त स्थान पुजापाठ गर्ने सुरु गरेका थिए । उहीँ स्थानीय तिलाे देविले उक्त स्थानमा रहेकाे वरकाे रुख भएको स्थानमा १० धुर जग्गा दानमा दिएपछि स्थानीय बरकाे रुखमुनी सामान्य रुपमा मंन्दिर निर्माण गरेर स्थानीय हरुकाे चन्दा सङ्कलन गरेर तीन दिने मेलाकाे आयोजना समेत गरेको स्थानीय मनाेज सिहले बताए ।
उक्त स्थानमा रात्रीकालिन समयमा समेत भजनकृतन हुने भए पछि शान्ति सुरक्षाकाे लागि प्रहरीकाे सहयोग तथा स्थानीय युवाहरुकाे समुहलाई समेत तयारी पारेर आफुहरुले कार्यक्रमकाे आयोजना गरेको शिव मुर्मुले बताए । साे स्थानमा मंन्दिर निर्माणकार्यका लागि वडा कार्यलय र नगरपालिका लाई समेत आग्रह गरेर मंन्दिर निर्माणकार्यका लागि सहयोग गर्ने अनुराेध समेत गर्ने मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज गिरि ले बताए ।