नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशन उद्घाटन ।थारूपाेर्टल

फागुन।१७।विराटनगर
 नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशनको उद्घाटन आज सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपाध्यक्ष रामबहादुर थापाले समाजवादको स्थापनाका लागि एमाले नै सक्षम रहेको बताएका छन्।
उपाध्यक्ष थापाले समाजवादको स्थापनाका लागि एमाले पार्टीको महत्त्वपूर्ण भूमिका आवश्यक रहेको बताएका छन् ।
उपाध्यक्ष थापाले मोरङ ऐतिहासिक जिल्ला भएको र यहाँ कम्युनिस्ट तथा कांग्रेसको ऐतिहासिक वर्चस्व रहेको बताएका छन् । उनले नेपालमा समाजवादको स्थापना बिना परिवर्तन सम्भव नरहेको पनि दाबी गरेका छन् ।उपाध्यक्ष थापाले भने, “खरबपति भए पनि यहाँ अधिकांश जनता गरिब छन्। समाजवाद नै यसको अन्त्य गर्ने एकमात्र उपाय हो। जबज (जनताको बहुदलीय जनवाद) मार्गदर्शक सिद्धान्त बनेर समाजवाद ल्याउने माध्यम बन्न सक्छ।”
उनले माओवादीको राजनीतिक भविष्य निश्चित नरहेको दाबी गर्दै वर्तमान अवस्था एमालेले मात्र बदल्न सक्ने बताएका छन् ।
सो अवसरमा उपाध्यक्ष गुरु बरालले समाजवादको पूर्वाधार निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन् । उनले पार्टी एकता बलियो बनाउने दिशामा सबै जुट्नुपर्ने उल्लेख गरेका छन् ।
त्यसैगरी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मोरङ ऐतिहासिक मजदुर आन्दोलनको आधारभूमि रहेको बताएका छन्। उनले मनमोहन अधिकारीको नेतृत्वमा भएको आन्दोलनले पार्टीको जग बसालेको उल्लेख गरेका छन्। ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै युक्रेन संकटको उदाहरण दिँदै साना राष्ट्रहरूलाई शक्तिशाली मुलुकहरूले कसरी नियन्त्रण गर्न खोजिरहेका छन् भन्ने विषयमा प्रकाश पारेका छन् ।
उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा बढेकोप्रति चिन्ता व्यक्त गर्दै कार्यकर्ताको भावना बुझी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । ज्ञवालीले माओवादीले कांग्रेस र एमालेको काँधमा बसेर बन्दुक पड्काएको आरोप लगाउँदै कांग्रेससँग मिलेर सरकार बनाउनुको कारण देशको समृद्धि रहेको प्रस्ट्याएका छन् । यसैगरी मोरङ इन्चार्ज तथा स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिएका छन् । उनले पार्टीभित्र जिम्मेवारी धेरै भएकाले कार्यकर्ताले त्यसलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । पार्टी एकताका लागि नेतृत्वले कार्यकर्ताको भावना बुझ्नुपर्ने उनको भनाइ थियो।प्रदेश १ का मुख्यमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य हिक्मत कार्कीले एमाले एक भएमा मोरङमा कुनै अन्य दल टिक्न नसक्ने दाबी गर्दै सर्वसम्मत नेतृत्व चयनको माग गरेका छन् ।
उनले मोरङमा पार्टी सुदृढ भएको भन्दै स्थानीय तहसम्म संगठन विस्तार भइसकेको जानकारी दिएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका अध्यक्ष भानुभक्त ढकालले सदस्यता नवीकरणमा झापा पहिलो र मोरङ दोस्रो स्थानमा रहेको जानकारी गराएका छन् । उनले ‘जरा केन्द्रित तीन महिने अभियान’ सुरु भइसकेको बताउँदै पुराना नेताहरूले पदमा पुनः प्रतिस्पर्धा गरिरहँदा नयाँ पुस्ताले कहिले अवसर पाउने भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।त्यस्तै प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले प्रदेशका सबै वडामा उपस्थित भइसकेको जानकारी दिँदै एकताको खाँचो औंल्याएका छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले मोरङ जिल्लाको ऐतिहासिक महत्त्व दर्शाउँदै, २९ वर्ष पहिले मोरङबाट पार्टी स्थापना भएको स्मरण गरे। उनले जिल्लामा १८,हजार भन्दा बढी सक्रिय कार्यकर्ता रहेको बताएका छन् ।
अधिवेशनमा सहभागी नेताहरूले पार्टीलाई अनुशासित, सक्षम र जनतामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयन गरेर पार्टी एकताको सन्देश दिनुपर्ने धारणा राखेका छन् ।
अधिवेशन उद्घाटन कार्यक्रममा उपाध्यक्ष शान्ति लिम्बूले स्वागत मन्तव्य दिएकी थिइन् भने सचिव रबिन थापाले सञ्चालन गरेका थिए। अध्यक्ष एवं कार्यक्रम सभापति बाबुराम कार्कीले अधिवेशनको औपचारिक सुरुवात गरेका थिए।
यस अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटीको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ। मोरङमा करिब एक हजार मतदाता रहेका छन् । अधिवेशन १९ गतेसम्म चल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

जिल्ला प्रसाशन माेरङ र रंगेली प्रहरीमा धाउदा समेत न्याय पाएनन्  प्रकाशले ।थारू पाेर्टल

धनपालथान गाउँपालिकाको वडा न- ७ कदमाहामा भिषण आगलागी ।थारु पाेर्टल

छाेरा द्वारा बुबालाई चक्कु प्रहार ।थारू पाेर्टल

कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस सम्पन्न। ४ कर्मचारी सम्मानित ।थारु पाेर्टल

रंगेलीमा पराेपकार समाज द्वारा फगुवा कार्यक्रम ।थारू पाेर्टल

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कानेपोखरीमा सम्मान र मनाेर‌न्जनात्मक कार्यक्रम वीच सम्पन्न । थारु पाेर्टल