'कानेपोखरीमा २३औँ राष्ट्रिय धान दिवसको अवसरमा आधुनिक प्रविधिबाट धान रोपाइँ ।थारू पाेर्टल'

June 29, 2026

विज्ञापन
No data was found

असार १५ ।कानेपोखरी।

विद्यानन्द चाैधरी 

कानेपोखरी गाउँपालिका, कृषि ज्ञान केन्द्र मोरङ तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मोरङको संयुक्त आयोजनामा २३औँ राष्ट्रिय धान दिवसको अवसरमा विशेष धान रोपाइँ कार्यक्रम कानेपाेखरी ३ मा रहेकाे लिला कृषि फर्मकाे खेतमा  सम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी भई आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत धान रोपाइँको शुभारम्भ गर्नुभयो। कार्यक्रममा आधुनिक धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर) प्रयोग गरी धान रोपिएको थियो।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा अध्यक्षहरू,खड्ग बस्नेत, गोपालबहादुर कार्की र चरण गुरुङ, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, वडा सदस्यहरू, कर्मचारी तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यसैगरी, कोशी प्रदेश सरकारका सचिव डा. पशुपति ढुङ्गाना पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

आयोजकहरूले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन लागत घटाउने, समयको बचत गर्ने तथा धान उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। २३औँ राष्ट्रिय धान दिवसका अवसरमा आयोजित यस कार्यक्रमले कृषिमा यान्त्रिकीकरणको महत्वबारे किसानहरूलाई थप प्रेरित गरेको आयोजकको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.