'कानेपोखरी गाउँपालिकाद्वारा ७७ करोड ९० लाख ९०हजारको बजेट सार्वजनिक ।थारू पाेर्टल'

July 22, 2026

विज्ञापन
No data was found

साउन।६।कानेपाेखरी ।

मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ९० लाख ९० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नामको सभापतित्वमा सम्पन्न बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आय–व्ययको विस्तृत विवरण प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, महिला तथा बालबालिका, सूचना प्रविधि, वन–वातावरण र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखी बजेट ल्याएको छ।

बजेट सार्वजनिक गर्दै उपाध्यक्ष अधिकारीले प्रस्तुत बजेटले स्थानीय विकासलाई तीव्र बनाउने, कृषि उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको बताउनुभयो। गाउँपालिका अध्यक्ष इङ्नामले बजेटले उत्पादनमुखी क्षेत्र, सामाजिक विकास र पूर्वाधार विस्तारमार्फत गाउँपालिकाको समग्र आर्थिक गतिविधिलाई गति दिने विश्वास व्यक्त गर्नुभयो।

आय स्रोतको विवरण

कुल आय अनुमान ७७ करोड ९० लाख ९० हजार रुपैयाँ लाई निम्न स्रोतहरूमा विभाजन गरिएको छ:

  • संघीय सरकारबाट प्राप्त हुने (४७ करोड ८५ लाख ७० हजार रुपैयाँ):

    • वित्तीय समानीकरण अनुदान: १२ करोड ५३ लाख रुपैयाँ

    • सशर्त अनुदान: २२ करोड ४१ लाख रुपैयाँ

    • राजस्व बाँडफाँड: १० करोड ७६ लाख ७० हजार रुपैयाँ

    • विशेष अनुदान: १ करोड ५० लाख रुपैयाँ

    • समपूरक अनुदान: ६५ लाख रुपैयाँ

  • कोशी प्रदेश सरकारबाट प्राप्त हुने (४ करोड ४० लाख ३ हजार ७ सय ५५ रुपैयाँ):

    • वित्तीय समानीकरण अनुदान: १ करोड १७ लाख ७५ हजार रुपैयाँ

    • सशर्त अनुदान: १ करोड ३० लाख ९० हजार रुपैयाँ

    • समपूरक अनुदान: १ करोड रुपैयाँ

    • सवारी साधन राजस्व बाँडफाँड: ९१ लाख ३८ हजार ७ सय ५५ रुपैयाँ

  • आन्तरिक स्रोत तथा बैंक मौज्दात (२५ करोड ६५ लाख १६ हजार २ सय ४५ रुपैयाँ):

    • आन्तरिक आय तथा बैंक मौज्दात: २० करोड ६५ लाख १६ हजार २ सय ४५ रुपैयाँ

    • वडागत राजस्व: २ करोड रुपैयाँ

    • घरजग्गा रजिस्ट्रेशन (मालपोत) बाँडफाँड: १ करोड ५० लाख रुपैयाँ

    • दहत्तर–बहत्तर बाँडफाँड: १ करोड ५० लाख रुपैयाँ

व्यय (खर्च) तथा क्षेत्रगत विनियोजन

सडक, पुल, भवन, खानेपानीजस्ता भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ:

क्षेत्र / शीर्षक विनियोजित बजेट (रु.)
संघीय सशर्त कार्यक्रम २२ करोड ४१ लाख
दायित्व भुक्तानी २० करोड
प्रशासनिक सञ्चालन १० करोड २१ लाख ८० हजार
वडागत सिलिङ ७ करोड १५ लाख
पूर्वाधार विकास ५ करोड ६ लाख ५१ हजार
समपूरक कोष २ करोड
संघीय विशेष कार्यक्रम १ करोड ५० लाख
प्रदेश सशर्त कार्यक्रम १ करोड ३० लाख ९० हजार
शिक्षा क्षेत्र १ करोड ४ लाख १९ हजार
प्रदेश समपूरक कार्यक्रम १ करोड
सिँचाइ कार्यक्रम ७० लाख
स्वास्थ्य कार्यक्रम ६५ लाख
संघीय समपूरक कार्यक्रम ६५ लाख
अस्पताल करार कर्मचारी व्यवस्थापन ६० लाख
मर्मत–सम्भार कोष ६० लाख
कृषि क्षेत्र ५६ लाख ५० हजार
विपद् व्यवस्थापन कोष ५० लाख
पशु सेवा कार्यक्रम ४९ लाख
महिला तथा बालबालिका कार्यक्रम ४५ लाख
भूमि तथा नापजाँच व्यवस्थापन ३० लाख
सूचना तथा प्रविधि शाखा २६ लाख
खेलकुद कार्यक्रम २० लाख
अन्य (क्षमता विकास, न्यायिक समिति, वन–वातावरण आदि) २० लाख

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.